November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

निर्णायक वार्ता गर्न बालुवाटारमा चार दलको बैठक

२०७९ फाल्गुन १२

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघिबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।

Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।