November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

२०७९ फाल्गुन १२

काठमाडौं । अन्ततः राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलले निर्णय गरेका छन् । प्राप्त जानकारी अनुसार बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो सहमति जुटाएका हुन् । कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा दाबी गरेका छन् । पौडेलको संभावना बलियो देखिएको छ ।

Advertisement