काठमाडौं । राष्ट्रपति उम्मेदवार सुवास नेम्बाङले एकीकृत समाजवादीको कार्यालयमै पुगेर भोट मागेका छन् । भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा आफूहरुको तर्फका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
पार्टी अध्यक्ष नेपालले मत माग्न आएका एमालेको प्रतिनिधि मण्डललाई धन्यवाद ज्ञापन गर्दै बिदा गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।
नेम्वाङसँग एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विमला राई थिए भने नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, जगन्नाथ खतिवडा र सचिवालय सदस्य रामचन्द्र झा सहभागि भएका थिए ।
एकीकृत समाजवादीले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकसमेत बनेको र पौड्याललाई सघाउने निर्णय गरिसकेको छ । बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरीसकेको छ ।