काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा भेटघाट भएको भेटमा करिब दुई घन्टा कुराकानीमा भएको थियो । भेटमा वर्तमान समसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको प्रति नेताहरूले चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरूबीचको वामएकताको सम्भावनाको बारेमा पनि छलफल भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।