November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

उपराष्ट्रपति निर्वाचनअघि दलहरुको बैठक, छलफल राख्न रोक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन अघि दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ । मौन अवधि सुरु भएको भन्दै आयोगले उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको हो ।

विज्ञप्ति जारी गर्दै आयोगले कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी दिएको छ ।

आयोगले मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न प्रतिबन्ध रहेको जनाएको छ ।

Advertisement

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।