November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कहाली लाग्दो अर्थतन्त्रको गीतमात्र गाउने होइन, सुधारको योजना चाहियो: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कहाली लाग्दो अर्थतन्त्र’ सुधारको गीत मात्र नगाउन सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा संसदमा बोल्दै अध्यक्ष नेपालले आयात रोकेर मात्र अर्थतन्त्र सुधार नहुँने बताएका हुन् ।

‘हाम्रो निर्यात ९ प्रतिशत छ भने आयात ९१ प्रतिशत छ । आयात र निर्यातको खाडललाई कसरी कम गर्ने रु अहिलेको मुल चुनौति यही हो’ अध्यक्ष नेपालले भने, ‘विदेशी मुद्रा संचितिकरण गर्न आयात रोकिएको होला । आयात रोकेर मात्र अर्थतन्त्रको सुधार हुँदैन । विकास र रोजगारले अर्थतन्त्र बलियो हुन्छ ।’

अध्यक्ष नेपालले बैंक तथा लघुवित्तको विकाराल समस्यालाई समयमा सुल्झाउन सरकारसँग आग्रह गरे ।

Advertisement

नेपालले वर्तमान सरकार टिक्ने या भत्किने वर्तमान गठबन्धनका दलहरुको चरित्रमा भरपर्ने बताए। ‘नेता र दलहरुको ब्यवहारले छिटो–छिटो गठबन्धन बन्ने र भत्किने गरेको छ, यो गठबन्धनको भविश्यपनि व्यवहारमै निर्भर छ ।’, उनले भने, ‘बैशाखमै फेरी विश्वासको मत लिने अवस्था शिर्जना नहोस् ।

गठबन्धनको दृष्टीकोण स्पष्ट भए पाँच बर्ष टिक्ने दावी अध्यक्ष नेपालले गरेका छन्। ‘यो गठबन्धनको दृष्टीकोण स्पष्ट छ, त्यही भएर पाँच बर्ष टिक्छ ।’

विगतमा दृष्टीकोण खराब हुँदा दुईतिहाईको सरकार पनि ढलेको उदाहरण दिए। दुई तिहाईको सरकार जनता र संविधानका पक्षमा उभिने नसक्नेपछि ढलेको बताए।

अध्यक्ष नेपालले बैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाईका समस्यामा अनुदार नहुँन सरकारलाई आग्रह गरेका छन्। ‘कतिपय जेलमा हुनुहुन्छ, कतिपय सडकमा नारकीय जीवन विताइरहनुभएको छ, उहाँहरुको समयमा उद्धार गर्न म सरकारलाई आग्रह गर्दछु’ अध्यक्ष नेपालले भने।