November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मन्त्रिपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। प्रचण्डले सत्ता गठबन्धन दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागिसकेका छन्।

दलहरूले आज मन्त्रीका नाम प्रधानमन्त्रीलाई बुझाएमा आजै मन्त्रिपरिषद बिस्तार र नयाँ मन्त्रीहरूको शपथ तथा पदभारग्रहणसमेत हुने छ ।

गठबन्धनको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबन्डा करिब टुंग्याएको थियो।

Advertisement

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको नामसमेत टुंग्याइसकेको छ। एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्।

सत्ता गठबन्धनको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबन्डा करिब टुंग्याएको थियो। जसअनुसार नेपाली काँग्रेसले ८ मन्त्रालय र नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय पाउने भएको छ । यस्तै, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति सत्ता गठबन्धनभित्र बनेको छ।

जसपाले अहिले १ मन्त्रालय लिएकोमा अब एक राज्यमन्त्री पाउने भएको छ। लोसपाले १, नागरिक उन्मुक्ति पार्टीले १, नेपाल समाजवादी पार्टीले १ र आम जनता पार्टीले १ मन्त्रालय पाउने भएका छन्।

कुन दलले कुन मन्त्रालय पाउने आज बिहान बालुवाटारमा छलफल गरेपछि निर्णय गर्ने तयारीमा दलहरू छन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ भने चैत ६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने भएको छ।