November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवदीबाट ज्वाला भौतिक र भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने कार्ययोजना छ । गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालाई भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र पार्टीका उपाध्यक्ष वेदुराम भुसालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्।

सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने बताईएको छ ।

Advertisement