August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

नेकपा एकीकृत समाजवादी चाँगुनारायण नगर अध्यक्षमा अञ्जना पोखरेल   

भक्तपुर । नेकपा एकीकृत समाजवादीको भक्तपुर चाँगुनारायण नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अञ्जना पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

नवगठित समितिका उपाध्यक्षमा एलिसा धमला र रामराजा कार्की सचिवमा शिवराम दुवाल र सहसचिवमा आशा सुनुवार चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु भवानी खड्का, पार्टीका जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेत,भक्तपुर इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य ध्रुवराज  बिष्ट, प्रदेश कमिटी सदस्य  दुर्गा बहादुर घिमिरे , डा राजेन्द्र मानले बोलेका थिए ।

Advertisement

कार्यक्रमको अध्यक्षता ध्रुवराज  विष्टले गरेका थिए भने संचालन श्यामसुन्दर बस्नेतले गरेका थिए ।