झापा । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाले प्रदेशको नाम कोशी अस्वीकार्य किन ? भन्ने सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार चुम्लुङहिम विर्तामोड झापामा गरेको अन्तरक्रिया कार्यक्रमले आगामी दिनमा संयुक्त संघर्ष समितिले आयोजना गर्ने हरेक आन्दोलनहरूमा सशक्त रूपमा सहभागी बन्दै जाने प्रस्ताव पारित गरेको छ ।
पहिचानस्थापित आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा गरिएको जनप्रदर्शनमा घाइते हुनुभई उपचारको क्रमाा चैत १० गते वीरगति प्राप्त गरेका वीर सहिद पदम कुमार लिम्बू (लाजेहाङ) को चिर आत्माको शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवारजनमा गहिरो समवदना प्रकट गर्ने प्रस्ताव पारित गर्दै चैत २८ गते परिवारलाई भेटघाट गर्न जाने समेत निर्णय गरिएको छ ।
कियाचु झापाबाट प्रतिनिधित्व गर्ने संघीय सल्लाहकार, संघीय सदस्य, प्रदेस सदस्य, जिल्ला सल्लाहकार, सदस्य नगर, गाउँमा पदािधिकारी सदस्यहरूको सहभागिता रहेको थियो ।