काठमाडौं। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले हिक्मतबहादुर बस्नेतको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी र २५ सदस्य रहेको पदाधिकारी चयन गरेको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष टोम प्रसाद काफ्ले (सिन्धुली), महिला उपाध्यक्ष रम्भा पौडेल (बाग्मती), उपाध्यक्षहरू हरिप्रसाद जोशी (सु प), महेश्वर पाण्डे (बाग्मती), रेशमलाल न्यौपाने (गण्डकी), प्रेमबहादुर ओली (लुम्बिनी), अनिरुद्र राय (मधेश), मोहन महतो (समावेशी), सुरेश पराजुली (मोरङ), पुष्पराज कुँवर (उपत्यका), भिमबहादुर पुन (कर्णाली) चयन भएका छन् । यस्तै, महासचिवमा हरिदेव यादव (बाग्मती) उपमहासचिवमा कुवाङछु लामा (बाग्मती) विष्णु कट्टेल (बाग्मती), पींकी साह चयन भएका छन्।
त्यसैगरी सचिवमा जनककुमार देवकोटा, अच्युतराज नेपाल, पुरुषोत्तम आचार्य, होम कुमारी खतिवडा, पदम सिंह ठगुन्ना र उपेन्द्र महतो चयन भएका छन् भने महिला सचिवमा कविता छत्कुली, कोषाध्यक्षमा हरिबहादुर थापा र सहकोषाध्यक्षमा रेखा खतिवडा चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय सदस्यहरूमा नरप्रसाद नेम्वाङ (पाँचथर), पञ्चकुमार राई (खोटाङ), बोधराज घिमिरे (सुनसरी), पुलकित चौधरी (उदयपुर), नेपालेन्दु साह (मधेश), ब्रम्हदेव साह (मधेश), जितेन्द्रकुमार साह (मधेश ), देवचन्द्र यादव (मधेश), सरोज खतिवडा (धादिङ), नारायणराज उप्रेती (काभ्रे), दिनेश कुमार थापा (रामेछाप), ठेकबहादुर खत्री (सिन्धुली), रीताकुमारी गुरुङ (बाग्मती), रामकृष्ण श्रेष्ठ (बाग्मती), बसन्त गौतम (लुम्बिनी), निमानन्द भुसाल (लुम्बिनी), तिलक बहादुर साहु (लुम्बिनी), कलाधर शर्मा (गण्डकी), तिर्थप्रसाद चापागाई (गण्डकी), काशीनाथ अधिकारी (गण्डकी) वेदप्रसाद शर्मा (गण्डकी), चक्रपाणी गौतम (कर्णाली), मणी रुपाखेती (कर्णाली), मातृका प्रसाद जैसी (कर्णाली), दिनेश ओली (कर्णाली) रामनारायण कँडेल (सु प) , नरबहादुर विष्ट (सु प), शेरसिँह विष्ट (सु प), कृष्णराज ओझा (सु प) र अनिता गिरी (सु प) रहेका छन् ।
त्यस्तै खुल्ला सदस्यहरुमा सुशीला पौडेल, करुणा गौतम, सत्यकुमारी भट्ट, प्रेरणा साह, नका आचार्य, तारादेवी यादव, विष्णु घिमिरे गौतम, मुन्द्रिका मण्डल, शिलाकुमारी यादव, र गायत्री दंगाल निर्वाचित भएका छन् भने राहत सदस्यमा बासुदेव बराल (मोरङ), विपिन आचार्य (उदयपुर), सदस्य बाल विकास शिक्षकमा तुलसी शर्मा उपाध्याय (सु प) रहेका छन् ।
यस्तै, खुल्ला सदस्यहरुमा तेजबहादुर खाती, सन्तबहादुर भुजेल, कर्णबहादुर भण्डारी, शक्ति सिंह कठायत र रामचन्द्र चौधरी रहेका छन् भने उपत्यका विशेष सदस्यहरुमा जनकराज पोख्रेल, देवु खड्का फुयल, मधुसुधन अधिकारी, बाबुराम ढकाल र राजाराम भण्डारीलाई निर्वाचित गरेको छ ।
पिछडिएका तथा समावेशी सदस्यहरुमा बर्मबहादुर सिंह, मो. सनाउल्ला राइन, भुपराज भूषाल, मलकबहादुर सिंहलाई निर्वाचित गरेको छ । सस्थागत विद्यालय सदस्यमा बिनोदकुमार यादव र शीवचन्द्र शाहलाई निर्वाचित गरेको छ ।
अधिवेशनले राजेन्द्र तिम्सिनाको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समिति सदस्यहरुमा रामबाबु बैठा र हरिप्रसाद पाठक रहेका छन् ।
यही चैत्र २८ देखि ३० गते सम्म काठमाण्डौंमा शिक्षक संगठनको अधिवेशन भएको थियो ।