काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहरण गरेका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री बनेका एनपी साउद र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त नन्दा चपाईंले शपथ लिएका हुन् ।