November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ १० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन् ।

कमल चौधरीलाई ‘वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु’ भनेर रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै वैदेशिक रोजगार विभागबाट उजुरी आएपछि उनलाई पक्राउ गरिएको प्रहीले जनाएको छ ।

थापालाई बानेश्वर थापागाउँस्थित उनकै घरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement