काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा प्रस्थान गरेका छन् । निजगढमा रहेको तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री आज बिहानै बारा प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले फास्ट्रयाक निर्माणको अवस्थाको अवलोकन गर्नेछन् । त्यहाँको कामको अवस्था के कस्तो छ भन्ने विषयमा अवलोकन उनको सचिवालयले जनाएको छ ।
प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।