November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

स्ववियूले विद्यार्थी र विद्यार्थीहरूका मुद्दाहरू स्थापित गर्नुपर्छ: अध्यक्ष पराजुली  

काठमाडौं । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियूले विद्यार्थी र विद्यार्थीहरूका मुद्दाहरू स्थापित गर्नु पर्ने  बताए । अनेरास्ववियूले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले लामो समयको अन्तरमा भएको स्ववियू निर्वाचनले समग्र शैक्षिक क्षेत्रका सवाल र मुद्दाहरू स्थापित गर्नुपर्ने बताएका हुन् ।

उनले विश्व विद्यालयहरूलाई प्राज्ञिक मर्यादामा राख्न नसक्दा यावत खाले विकृति विसंगतिहरु मौलाएको भन्दै साथै सरकारको शिक्षा क्षेत्रको प्रष्ट नीतिको अभावमा बेरोजगार उत्पादन गर्ने थलोको रुपमा विकास भएको भन्दै शिक्षा क्षेत्रको समग्र सुधार गरि भोको पेटको आगो निभाउन सक्ने शिक्षा प्रणाली आवश्यक भएको बताए ।

उनले शिक्षालाई शिप सहित उत्पादनसँग जोडिने वातावरण नबनाएसम्म निकृष्ट श्रम बेच्न विदेशिनु पर्ने बाध्यता नहट्ने बताए ।

Advertisement

स्ववियू निर्वाचनमा विजयीहरुलाई सम्मानसमेत गरीएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित पार्टीका महासचिव घनश्याम भुसाल उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा. विजय पौडेल विद्यार्थी विभाग इन्चार्ज रामकुमार भट्टराई लगायत नेताहरुले बोलेका थिए ।

कार्यक्रम अनेरास्ववियूका महासचिव आरती लामाले सञ्चालन गरेका थिए ।