भक्तपुर । बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताएका छन् ।
ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताएका हुन् ।
कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी सङ्ख्या तुलना गर्ने हो भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने बताए ।
सरकारी विद्यालयमा सरकारले लगानी गर्छ जुन हाम्रो खल्तीको नै पैसा हो कर आदिका नाममा यो घुमेर शिक्षामा लगानी भएको छ तर हामीले त्यही सरकारी विद्यालयलाई बेवास्ता गर्दा शिक्षा झन् महँगो भएको प्रदेश सांसद श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा चाँगुनारायणका नगर प्रमुख जीवन खत्री चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जनक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर काफ्ले, समितिका पदाधिकारीहरू विद्यालयका संस्थापक प्रध्यानाध्यापक सहदेव साखकर्मी लगायतको उपस्थिति रहेको थियो ।