काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बारा-२ बाट
जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव विजयी भएका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउदै यादव विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् भने पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्। उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्।
निर्वाचित भएपछि पत्रकारहरूसँग बोल्दै यादवले आफूमा जिम्मेवारी थपिएको बताए । ‘यो दलीय गठबन्धनको जीत हो । यश जितबाट ठूलो जिम्मेवारी थपिएको मैले महसुस गरेको छु ।’, यदवले भने । यादवले गत मंसिर ४ को निर्वाचनमा सप्तरीबाट पराजित हुनु र बैशाख १० गतेको उपनिर्वाचनबाट बारादेखि निर्वाचित हुनुलाई स्वभाविक रहेको पनि बताए ।
क्षेत्रमा उपनिर्वाचन भएको थियो । जसमध्ये चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ -१ बाट रास्वपाकै डा स्वर्णिम वाग्ले विजयी भएका छन् ।