November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बिहीबार हुँदैछ । शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाली काँग्रेसबाट मन्त्रीमा नियुक्त गरेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

गुरुङ कानुन, बस्नेत स्वास्थ्य र लिम्बु युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । उनले खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।