काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आराेप लागेका सन्दिप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।