November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

परराष्ट्र मन्त्री एनपी साउद आज बेलायत आउदै

लन्डन । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) आज बेलायत आउने भएका छन् । परराष्ट्र मन्त्री साउद बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन आउन लागेका हुन् ।

बिहीबार बिहान ११ बजे बेलायत प्रस्थान भएका मन्त्री साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत आउन लागेका हुन् ।

परराष्ट्र मन्त्री साउद वैशाख २६ गते नेपाल फर्किने कार्यक्रम छ ।

Advertisement