November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, नक्कली भुटानी शरणार्थी प्रकरणबारे ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न ओली बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताए भने एमाले अध्यक्ष ओलीले पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे ध्यानाकर्षण गराएका थिए । अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।

Advertisement

ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए । ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ उनले भने ।