काठमाडौं । बोल्न समय नपाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ । राप्रपा सांसदहरू वेलतर्फ अघि बढेपछि सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।
राप्रपाका सांसदहरूले बोल्न पाउनुपर्ने माग गरेका थिए । राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले बोल्न शुन्य समयबाहेक अन्य समय नभएको बताएका थिए । त्यसपछि सभामुख घिमिरेले शुन्य समय अघि बढाएका थिए ।