काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछनेले रास्वपा समर्थकलाई ‘भ्रष्टाचार बिरोध’ कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।शनिबार नक्सालमा हुन गइरहेको कार्यक्रम सहभागी हुन उनले आह्वान गरेका हुन् ।
पार्टी सभापति तथा सांसद लामिछानेले सामाजिक संजालबाट आह्वान गरेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनु पर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।’
उनले आफू पनि एक सचेत नागरिक भएर उक्त कार्यक्रममा सहभागी बन्ने बताए । ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।’, उनले भनेका छन् ।
भ्रष्टाचार विरुद्ध एक भइ नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन उक्त कार्यक्रममा सहभागी बन्न उनको आग्रह छ ।
‘भ्रष्टाचार विरुद्ध एक हौं’ नारासहित शनिबार काठमाडौंको नारायणचौर, नक्सालमा ‘भ्रस्टाचार विरिधी हामी’ कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमको समय दिनको १२:३० बजे रहेको छ ।