November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वप्रधानमन्त्रीहरूलाई पनि अनुसन्धान गर्न सांसद सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सुवालले दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई इङित गर्दै सुवालले भने,‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’, सुवालले भने ।

सुवालले प्रश्न गरे, ‘एक पूर्वप्रधानमन्त्री (केपी ओली) ले ४ सय जनालाई १० दश वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ । यो विषय सरकारलाई थाहा छैन ?’ 

Advertisement

यस्तै, सांसद सुवालले नेपाल अमेरिकी विदेश मन्त्रालयले निकालेको प्रतिवेदनबारे सरकारको धारणा किन नआएको भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई हिन्दु राज्य बनाउन रुपैयाँ पठाएको अमेरिकी प्रतिवेदनबारे सरकारको भनाई के हो ? भाजपाले नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप गरेकोलाई सरकारले विरोध र भ्रत्सना गर्नु जरुरी छैन र ?