November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

रास्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । कानून नपुगेको भन्दै शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी  फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको हो ।

राष्ट्रपति सचिवालयका अनुसार कार्यलयले रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानून, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानून बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले पनि चौधरीलाई आजै आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकि थिइन् ।

Advertisement