November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारलाई घेराबन्दी भयो: मन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले एकबद्ध भएर लड्नुपर्ने बताइन्, । उनले भनिन् , ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ ।’

मन्त्री शर्माले विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्ने बताइन् ।

Advertisement

संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको बताउदै उनले गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने पनि बताइन् ।