विराटनगर । लागुऔषध ब्राउन सुगरसहित झापाबाट दुईजना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका– ८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो साढे १ बजे लागुऔषध कारोबार भइरहेको छ भन्ने विषेश सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिमतर्फ छुट्टाछुट्टै साईकलमा आउदै गरेको भारत दार्जेलिङका २२ बर्षीय शिवु घोष र २६ बर्षीया श्यामली सोरेनलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ९४ ग्राम ५ सय ४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।