काठमाडौं। पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षणसमेत रहेका चौधरी सोमबार रिहा भएका हुन् ।
चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका
चौधरीलाई रिहा हुँदै गर्दा बाजागाजासहित अबिर फूलमाला लगाएर स्वागत गरिएको छ ।