November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

दिनदहाडै लुटियो महोत्तरीको एनएमबी बैंक, करिब ३५ लाख लुटिएको अनुमान

काठमाडौं। महोत्तरीको एनएमबी बैंकबाट हतियार देखाएर दिनदहाडै बैंक लुटिएको छ । मंगलबार दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ। जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ। ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको प्रहरीले जनाएको छ ।

Advertisement