November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

रेशम चौधरीलाई आममाफी दिइएको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रेशम चौधरीलाई आममाफी दिइएको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता भएको हो ।

मंगलबार दर्ता भएको उक्त मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ ।

कैलालीको टीकापुर घटनामा ८ प्रहरीसहित एक बालकको मृत्यु भएको थियो । उक्त घटना रेशम चौधरी तीन तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए । तर, टिकापुरवासीहरुले रेशम दोषी नभएको हुँदा रिहाइ हुनुपर्ने भन्दै लगातार माग गर्दै आइरहेका थिए । उनीहरुले लालआयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

Advertisement

जेल जीवन विताइरहका उनलाई सरकारको सिफारिसमा १५ जेठको गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले आम माफी दिइएको हो ।