November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आन्दोलनको स्वरूप परिवर्तन गर्दै एकीकृत समाजवादी इटहरीमा सञ्चालित रिले अनशन स्थगित

इटहरी । नेकपा एकीकृत समाजवादीले इटहरीमा सुरु गरेको भ्रष्टाचारविरुद्धको रिले अनशन स्थगित गरेको छ । १० दिनदेखि जारी अनसनको स्वरूप परिवर्तन गरेर जनजागरण अभियान संचालन गर्ने गरी जारी रिले अनशन स्थगन भएको हो । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष  बेदुराम भुसालले आन्दोलनको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेसँगै रिले अनशन स्थगित भएको प्रदेश मोर्चा संगठनका इन्चार्ज केशव विष्टले बताए ।

प्रदेश मोर्चा संगठनका इन्चार्ज विष्टका अनुसार अब  नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सुरू गर्ने जानकारी दिए। 

Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, सुनसरी अध्यक्ष गोविन्द निरौला लगायत नेताहरुको  सहभागिता थियो  ।

अनसन स्थगन कार्यक्रममा बोल्दै उपाध्यक्ष तथा नेपाल सरकारका कृषि तथा पशुपक्षी मन्त्री डा भुसालले कोशी प्रदेशको इटहरीमा भएको  रिले अनशनबाट भ्रष्टाचारीहरूलाई कारबाही गर्न दबाब पुगेको बताए  ।