November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डको नाटकले जनतामा अविश्वास पैदा भयो- डा.भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नाटकले जनतामा अविश्वास पैदा भएको बताएका छन् । दाहालले भारतमा गेरु वस्त्र लगाएको बारे दिएको स्पष्टिकरणमा आइतबार सामाजिक संजालमा स्टाटस राख्दै रावलले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतको महाकालेश्वर मन्दिरमा पूजा गर्ने क्रममा गेरु वश्त्र नलगाउँदा भारतीयको नजरमा अविश्वास पैदा हुने बताएका थिए । यसैलाई इंगित गर्दै नेता रावलले सामाजिक संजालमा लेखेका छन्, ‘प्रमं प्रचण्डले भन्नु भएछ–गेरू बस्त्र नलगाउँदा भारतीयको नजरमा अविश्वास पैदा हुने । उहाँको नाटकबाट उहाँ प्रति नेपाली जनतामा अविश्वास पैदा भएको छ । देश र जनता प्रति प्रतिवद्ध नेताको छनौट के हुनु पर्थ्यो ?’

चार दिने भारत गरेका प्रधानमन्त्री प्रचण्डले भारतमा विभिन्न उच्च पदस्थहरुसँग भेटवार्ता गर्नुका साथै मन्दिरहरुमा भ्रमण गरी पूजाआजा गरेका थिए ।

Advertisement