November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

संसद् बैठक स्थगित गर्न राप्रपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव गरेको छ । राष्ट्रपतिले नीतिनियमविपरीत नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको भन्दै राप्रपाले त्यसमाथि छलफल नगरी बैठक सुरु हुन नदिने बताएको हो ।

प्रस्ताव पत्रमा भनिएको छ‚ ‘सम्माननीय राष्ट्रपतिज्यूले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेकको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद्‌ नियमित रुपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् ।’

अघिल्लो सदनले प्रमाणित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकि थिइन् । उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

Advertisement