काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले, रास्ववा र राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठम स्थिगित गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेष्यक प्रमाणिकरण गरेको भन्दै बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेको हो ।
आइतबार बसेको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सरकारको तर्फबाट संविधान पालना नगर्नेगरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने काम भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणिकरण गरेको निष्क्रिय बिधेयक रद्ध गर्न माग गरे । उनले एक साताभित्र नयाँ बियधेक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे ।
जेठ १२ गते मन्त्रीपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेर पठाएको र राष्ट्रपतिले पुरानो फाइल खोजेर किर्ते गरी असंवैधानिक काम गरेको एमालेको आरोप छ ।