November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाडौं। कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम नीति तथा कार्यक्रम पारित भएको हो । जेठ २१ गते कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइएको थियो।

एमालेले तीन वटा संशोधन समेत हालेको थियो ।प्रमुख प्रतिपक्षी दल एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए । यद्यपि उनीहरूले दर्ता गराएका संशोधन प्रस्ताव बिहीवारको बैठकबाट कुल सदस्यको बहुमतबाट अस्वीकृत भयो ।

Advertisement