काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरु गरेका छन् । चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसनमा सुरु गरेका हुन् ।
ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका चलाउनेलाई प्रहरीले पक्राउ गरेको थियो ।
उपप्राध्यापक चलाउनेले काँग्रेस नेता बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाले लाख कोसिस गर्दा समेत मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै आक्रोश पोखेका छन् ।
विज्ञप्तिमा भनेका छन्, अहिलेसम्म धैर्य भएर पर्खेको थिएँ । अब मेरा सबैबाटो बन्द गरेपछि आज यहीबाट सत्याग्रह सुरु गर्दैछु ।’
उनलाई २० असोज २०७७ मा हरि आचार्य, योगेन्द्र रावल लगायतले आक्रमण गरेका थिए ।