November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा वृहत् नागरिक आन्दोलनद्वारा प्रदर्शन

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाडौँ अगाडी प्रदर्शन गरेको छ । चलाउने न्याय नपाएको भन्दै त्रिवि भिसी कार्यालय अगाडि अनसन बसेका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आमरण अनसनमा बसेका चलाउने आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो ।

दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।  

Advertisement