November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

धनगढीमा प्रधानमन्त्री ओली विरुद्ध विरोध प्रदर्शन

धनगढी – शुक्रबार धनगढीमा आयोजना गरिएको आफु पक्षीय कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओली विरुद्ध कैलालीको धनगढीमा टायर बालेर विरोध प्रदर्शन भएको छ ।

ओलीले चालेको असंवैधानिक कदमपछि उनी पहिलो पटक ओली धनगढी आउनेभएपछि नेकपा माधव प्रचण्ड निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

नेकपा प्रचण्ड माधव पक्षका सुदूरपश्चिम एक जना सदस्यका अुनसार ओलीलाई कैलालीको रातोपुल नजिक कालो झण्डा देखाउनुका साथै रंगशाला नजिक टायर बालेर विरोध प्रदर्शन गरिएको हो ।

Advertisement