November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ: प्रधानमन्त्री प्रचण्ड

लन्डन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले  त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको व्यवस्था गरिने बताएका हुन् ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न सरकार तयार रहेको पनि उनले बताए। सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो ।

Advertisement