November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

देशको समृद्धि र विकासका लागि एकजुट भएर अघि बढ्नुपर्छ: उपसभामुख

विराटनगर । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशको समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । बिहीवार दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

उनले देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने बताइन् । अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको उनको भनाइ थियो । देशप्रतिको माया, लगानी हुनसकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनले बताइन् । 

देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेको उनको भनाइ थियो । ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सवैको ध्यान जानुपर्छ’, उनले भनिन् ।

Advertisement