November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भुकम्प अपडेट: मृत्युु हुनेको संख्य करिब ५० पुग्यो, उद्दार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

२०८० कार्तिक १८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्पमा परेकाहरूको उद्दार र राहतमा सक्रिय रुपमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा परी उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालमा लेखेका छन् ।

मध्यराति जाजरकोट आसपासलाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भुकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म करिब ५० जना पुगेको जनाइएको छ ।

Advertisement

एक स्थानीय अधिकारीका अनुसार अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।

यस्तै, नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ ।