November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितका लागि १० करोडको कोष स्थापना गर्ने

२०८० कार्तिक १८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न २ वर्षे कार्ययोजनाको निम्ति नेरु १० करोडको कोष स्थापना गर्न जुम मार्फत आकस्मिक वैठकको आयोजना गरेका छन्। शुक्रबार मध्यराति १२ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले ठूलो धनजनको क्षति भएसँगै १५७ जनाको मृत्यु भैसकेको छ। अध्यक्ष शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको बताए लगत्तै आकस्मिक बैठकको आयोजना गरेका हुन् ।

भूकम्पमा परेर निधन भएकाहरुलाई हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वैठकमा उपस्थितहरु मध्ये तत्कालको लागी राहत कोषमा निम्न व्यक्तिहरुले सहयोग रकमको प्रतिवद्दता जनाएका छन्।

राजेन्द्र कुमार शर्मा – २१ लाख रुपैयाँ
बुद्धि सागर सुवेदी – १९ लाख रुपैयाँ
ठाकुर प्रशाद ढुङ्गाना – १७ लाख
कुल आचार्य – ५५५५५५ (पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँ )
खगेन्द्र न्यौपाने – ५०५००० ( पाँच लाख पाँच हजार रुपैयाँ )
अब्दुल वाशिद – ५ लाख रुपैयाँ
लोक दाहाल – ५ लाख रुपैयाँ
गोबिन्द श्रेष्ठ रोबिन – ३ लाख रुपैयाँ
कृष्ण जीवि पन्त – २००१११ ( दुई लाख एक सय एघार रुपैयाँ )
टंक गैरे – २ लाख रुपैयाँ
डा केशव पौडेल – १ लाख रुपैयाँ
दयानिधि सापकोटा – १ लाख रुपैयाँ
चित्र सुवेदी – १ लाख रुपैयाँ
गंगाधर गौतम – १ लाख रुपैयाँ
हरि खत्री – १ लाख रुपैयाँ
हेम पाण्डे – ७५००० (पचहत्तर हजार रुपैयाँ)
देभिका केसी – ५५५५५ (पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ)
सरिता भण्डारी पौडेल – ५०१५१ (पचास हजार एक सय एकाउन्न)
अनुप खनाल – ५१००० (एकाउन्न हजार रुपैयाँ )
गीता खनाल थापा – ५१००० (एकाउन्न हजार रुपैयाँ)
नारायण आचार्य – ५०००० (पचास हजार रुपैयाँ)
विजय मोक्तान – ५०००० (पचास हजार रुपैयाँ)
भवानी तिवारी थेबे – ५०००० (पचास हजार रुपैयाँ)
छबि कँडेल – ४१००० (एकचालीस हजार रुपैयाँ)
तिलक गैरे – ४०००० (चालीस हजार रुपैयाँ)
संघर्षसिल केसी – ३३३३३ (तेत्तिस हजार तीनसय तेत्तीस रुपैयाँ)
महेन्द्र बस्नेत – ३०००० (तीस हजार रुपैयाँ)
बाल कृष्ण मरासिनी – २५००० (पच्चीस हजार रुपैयाँ)

Advertisement

विश्वका बिभिन्न देशबाट प्रतिनिधित्व गर्दै जुम बैठकमा उपस्थित अन्य गैर आवासीय नेपालीहरुले स्थानीय स्तरमा बैठकको आयोजना गरि सहयोग रकम संकलन गरेर कोषमा पठाउने प्रतिवद्दता व्यक्त गरेका थिए। बैठक संचालक महासचिव बुद्दी सागर सुबेदीले जानकारी गराए अनुसार सतप्रतिसत एनसीसीहरुले कोष स्थापनामा सहभागी जनाउन अग्रसर भैसकेका छन्।

अध्यक्ष शर्माले आफु नेपाल प्रस्थान गर्दै गरेको र नेपाल सरकार , प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय गरेर तत्कालको लागि राहत उपलब्ध गराउने कार्य सम्पन्न गर्ने जनाउँदै लक्षित कोष स्थापनाको निम्ति लागिपर्ने प्रतिबद्दता जनाएका थिए।