काठमाडौँ। नेकपा ( एकीकृत समाजवादी ) को कार्यवाहक अध्यक्ष पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । चीन प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थालमा अध्यक्ष नेपालले हमाललाई कार्यवाहकको जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले युनानमा चिनीयाँ कम्युनिष्ट पार्टी शीर्ष नेतृत्वसँग भेटघाट गर्ने छ । साथै युनानमा आयोजित कृषि विकाससम्बन्धी बैठकमा सहभागी हुनेछ। भ्रमण टोली युनानमा आयोजित सेयरिङ द एचिभमेन्ट अफ बेल्ट एण्ड रोड फोरम सम्बन्धी दक्षिण र दक्षिण एसियाली पार्टी प्रतिनिधिहरूको छलफल कार्यक्रममा सहभागी हुनेछ। छलफल कार्यक्रममा अध्यक्ष नेपालले सम्बोधन गर्नेछन्।
भ्रमण टोलीमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्व सासद हर्कबहादुर सिह, पोलिटब्युरो सदस्यहरू गणेश बिक र सुधीर साह, केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य विद्या चाम्लिङ राई, केन्द्रीय सदस्यहरू विष्णु लम्साल, मोहन गौतम, लोकबहादुर हमाल, अब्दुल हुसेन खाँ, शर्मिलाकुमारी पौडेल, मेयर समसेर लामा, वडाअध्यक्ष विष्णुकुमार महतो र पत्रकार प्रकाश ढकाल रहेका छन्।
भ्रमण टोली कार्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।