November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

‘बैंकबाट लिएको ऋण तिर्नु पर्दैन’ भन्न्व अराजकहरूबाट सचेत बन्नुपर्छ: नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीको सामना गर्न आफूहरू तयार रहेको बताए । बागमती प्रदेश कमिटी तथा केन्द्रीय लेखापरीक्षण आयोगको संयुक्त आयोजनामा लेखा सञ्चलन तथा व्यवस्थापन सम्बन्धि पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्।

शीर्ष नेताहरूबीच बिहीबार बसेको बैठकमा उनले वर्तमान समयमा देखिएका सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्नेमा एकमत रहेको बताए।

बागमती प्रदेश कमिटी अध्यक्ष सावित्री भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले ‘बैंकबाट लिएको ऋण तिर्नु पर्दैन’ भन्ने खालको अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेहरूबाट सचेत बन्नुपर्ने पनि बताए ।

Advertisement