November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नक्कली शरणार्थी प्रकरण: खाँणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा राय बाझियो, रायमाझीलाई थुनामै राख्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ।

शुक्रबार न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भुटानी शरणार्थीका नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि पूर्वगृहमन्त्री बालकृष्ण खाणका बारेमा भने राय बाझिएको हो ।

अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्नेछ।

Advertisement

यस्तै, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी,पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी र केशव दुलाललाई भने थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।