November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

गैरकानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः फिर्ता गरिने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरकानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः फिर्ता गरिने बताएका छन् ।अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा काठमाडौंलमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताएका हुन् ।

जसको प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भएको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको समेत बताए । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको बताउनुहुँदै यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको उनले बताए ।

Advertisement

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानूनबमोजिम परिचालन गरिरहेको प्रधानमन्त्रीको भनाइ छ