काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।
बैठकमा गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने र उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने छ ।