November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

२० बुँदे प्रस्ताव पास गर्दै सकियो एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सातौं केन्द्रीय कमिटी वैठक सम्पन्न भएको छ । बुधबारदेखि ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरू भएको तीन दिने केन्द्रीय कमिटी वैठकले २० बुँदे प्रस्ताव पारित गर्दै वैठक सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

शुक्रबार वैठक सम्पन्न पश्चात सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव खतिवडाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा गरेको सम्बोधनप्रति समिक्षा गरेको र एक वर्षभित्र सरकारले केही राम्रा काम गर्ने प्रयास गरेकोमा वैठले धन्यवाद ज्ञापन गरेका थिए ।

उपमहासचिव खतिवडाकाअनुसार त्यस्तै सहकारीको पैसा अपचलन गरी जनताको ठूलो धनराशीमा आर्थिक तथा वित्तिय अपराधप्रति बैठकले खेद प्रकट गरेको छ । पोखरा, चितवन तथा देशका विभिन्न भागमा सञ्चालित सहकारीहरुले वचतकर्ताहरुको अर्बौं रकम दुरुपयोग गरेकोप्रति वैठकले भत्सर्ना गरेको छ । बैठकले २० बुँदे प्रस्त्ताव पारित गरेको छ ।

Advertisement