November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पक्राउ परेका व्यवसायी चौधरी र थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।पक्राउ परेका चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।

दुवैलाई बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। दुवै जनामाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले दुवै जनालाई आज बिहान पक्राउ गरेको थियो ।

Advertisement

उनीहरूसँगको बयानपछि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।