November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्छ- गगन थापा

२०८० फाल्गुन १६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्।

नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले भने, ‘धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरू रोजगारी आफैँ सिर्जना गर्छ ।

उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement